काठमाडौं । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले निर्यात अनुदान सम्बन्धी पेश भएका फाइलहरु रोकेर मोलमोलाई गरिरहेका छन् । गत आर्थिक बर्षमै निर्यात गरेबापत अनुदान पाउने उद्योगहरुले अहिलेसम्म अनुदानको रकम पाउन सकेका छैनन् ।
गौतम महानिर्देशक भएर आएपछि त अनुदानका लागि पेश भएका फाइलहरु सुविधा शाखाको दराजमा थन्क्याएर राखिएको छ । स्रोतका अनुसार अहिलेसम्म ४ सय जति फाइलहरु महानिर्देशक गौतमको निर्देशकमा सुविधा शाखाको दराजमा थन्क्याइएको छ ।
प्रशासन तथा सुविधा शाखाकी निर्देशक रमिला भण्डारीकोमा दिनहुँ उक्त फाइलहरु टुंग्याइदिनका लागि उद्योगीहरु हारगुहार गर्न धाउने गरेका छन् । तर डीजीको आदेशमा ती फाइलहरु अगाडि बढाउन नसकिएको निरीह जवाफ उनले दिएर फर्काउने गरेकी छन् ।
कानुनले तोकेको सुविधाका लागि उद्योगीहरुले अंग पुर्याएर पेश गरेका फाइलहरुमा निर्णय नहुँदा निर्यातमूलक उद्योगहरु धरासायी हुँदै गएका छन् । उद्योगीहरु पलायन हुने अवस्था देखिएको छ । एकातिर आर्थिक मन्दीले जर्जर भएका उद्योगहरु कानुनले पाउने सुविधा समेत महानिर्देशक गौतमले रोकिदिंदा निराश बन्न पुगेका छन् । गौतमले आफ्नो निर्देशनबिना उक्त फाइलहरु प्रक्रिया नबढाउन कडा निर्देशन जारी गरेका छन् ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend