Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोविन्द केसीको ज्यान बचाउन सरकारले पहल गर्नुपर्छ : माधव नेपाल


    मंगलबार, असोज २० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षामा सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका छन् ।

    त्रिवि शिक्षण अस्पतालमा २३ दिनदेखि अनशनरत डा. केसीको जीवन रक्षा पहिलो प्राथमिकता भएको नेता नेपालले बताए ।  डा. केसीको जीवन रक्षा पहिलो प्राथमिकता रहेको र सरकारले त्यसका लागि तत्कालै अनशन अन्त्य गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । 

    पूर्वप्रधानमन्त्री नेपालले नेकपाले समाजवादी नीति लिएका कारण स्वास्थ्य क्षेत्रमा सामान्य जनताको पहुँच स्थापना गर्ने पक्षमा पार्टी उभिनुपर्ने बताए ।

    साथै सरकारले विगतमा डा. केसीसँग गरेको सम्झौता कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने उनले बताए । यसका लागि सरकारले तत्कालै पहल गर्नुपर्ने उनको भनाई छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार