काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बस्दैछ। सरकारका निर्णयहरुको समीक्षा तथा विभिन्न समसामयिक विषयमा छलफल गर्न आज दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको हो।
यसअघि आइतबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चारसहित ठूलो संख्यामा सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै बैठक रोकिएको थियो।
आजको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने भएको छ। यसअघि असोज ४ गते पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो। त्यसयता अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीहरु हेरफेरका विषयमा पटकपटक छलफल भैरहेको छ।
दुई अध्यक्षबीच नयाँ बन्ने मन्त्री र फेरिने मन्त्रीमा सहमति हुन सकेको छैन । केही मन्त्रीका विषयमा कुरा नमिलेकाले यसलाई सचिवालयमा लैजना दुबै अध्यक्ष तयार भएको स्रोतको दावी छ ।
आजको बैठकबाट रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्तीको निर्णय हुनसक्ने बताइएको छ। ती मन्त्रालयमा मन्त्री बन्नेमा नेता विष्णु पौडेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डेलगायतको चर्चा छ। अरु केही मन्त्रीको विदाई गर्ने र नयाँ मन्त्री ल्याउने विषयमा पनि बैठकमा छलफल हुनेछ। यसअघि स्थायी कमिटी बैठकले गरेका निर्णयहरु कार्यान्वयनको विषयमा पनि सचिवालय बैठकमा छलफल हुने भएको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend