Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बेपत्ता भएको ६ दिनपछि मृत अवस्थामा फेला


    बिहिबार, चैत्र २० २०७६
    775
    Shares
  • १ मिनेट पाठ
  • खोटाङ, २० चैत । खोटाङमा एक युवा ६ दिन पछि मृत अवस्थामा फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका २१ वर्षीय डिल्लीकुमार राई बुधबार मृत फेला परेका हुन्।

     चैत १४ गते साँझ एक पशलमा झगडा भएपछि आवेगमा हिँडेका राईलाई स्थानीयले घर नजिकै खोल्सीमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए।

    घाँस दाउरा गर्न गएका स्थानीयले राईको शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए। झगडामा संलग्न र पसलमा रहेका नौ जनालाई बुधबार नै पक्राउ गरेको प्रहरीले जनाएको छ। त्यसमध्ये बिहिबार आठ जना विरुद्ध किटानी जाहेरी परेको प्रहरी निरिक्षक खेरवारले बताए। राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा राखिएकोे प्रहरीले जनाएको छ। अनुसन्धानपछि घट्नाको विषयमा यतार्थ बाहिर आउने प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार