Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साझा पार्टी प्रश्न: सरकारले डाक्टर गोविन्द केसीको ज्यान लिन खोजेको हो ?


    सोमबार, असोज १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले २२ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको ज्यान लिन खाेजेको भन्दै साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

    साझाले विज्ञप्तिमार्फत डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको अवस्थामा पनि सरकारले कुनै तत्परता नदेखाएको भन्दै तत्काल माग सम्बोधन गरेर जीवनरक्षा गरिदिन आग्रह गरेको छ । 

    सहप्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीले १९ औँ अनशनमा राखेका कुन चाहिँ माग नाजायज छन् ? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपर्‍याे । होइन भने विश्वमै बिरलै भेटिने डा. केसीजस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पूरा गर्नुपर्‍याे ।’ 

    २०६९ सालमा पहिलो अनशन सुरु गरेयता डाक्टर केसीका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले र देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्ने रहेको भन्दै साझाले तिनै दलले पटक–पटक सरकारको नेतृत्व गर्दा  पनि उस्तै माग राखेर फेरि अनशनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको जनाएको छ ।

    प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्रै डाक्टर केसी ६ पटक अनशन बसिसकेका छन् । यो पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा पनि वार्ता टोलीसम्म गठन नगरेको साझाले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार