Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसको अवरोधपछि प्रदेश ५ को सभा २ बजेसम्मका लागि स्थगित


    सोमबार, असोज १९ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को सभा बैठक अवरुद्ध गरेको छ । योसँगै संसद् बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

    सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको हो ।

    बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने बताए ।

    ‘बुटवलबाट दाङमा राजधानी सार्नुको औचित्य के हो?,’ संसदमा बोल्दै उनले भने, ‘सहमतिमै राजधानी तोकिनुपर्थ्यो। खुसी हुनुपर्ने दिनमा बाहिर निषेधाज्ञा लगाएर तानाशाही शैलीमा राजधानी तोक्न खोजियो।’

    नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भन्दैमा मुख्यमन्त्रीले राजधानी सार्न खोजेको उनको आरोप छ।

    लगतै सांसदहरुले रोष्ट्रम घेराउ गरेका छन् । उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार