Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइसोलेसनबाट गगन थापाले भने, ‘डा. केसीको जीवन तलमाथि भए प्रधानमन्त्री दोषी’


    सोमबार, असोज १९ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले डा. गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्। कोरोना संक्रमणका कारण होम आइसोलेसनमा रहेका नेता गगनले ट्वीटमार्फत् यस्तो माग राखेका हुन् ।

    चिकित्सा शिक्षा सुधारको माग राखेर १९ औं पटक २२ दिनदेखि डा. केसी अनसनमा छन्। 

    डाक्टर केसीसँग संवाद गर्दिनँ भन्ने प्रधानमन्त्रीको हठले प्रधानमन्त्रीको मान नबढाउने थापाको भनाई छ।

    ‘प्रधानमन्त्रीज्यू गोविन्द केसीले राख्नु भएको कुन माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहितविपरीत छन्?,’ थापाले प्रश्न गरेका छन्। 

    प्रधानमन्त्रीले पहिले बाचा पूरा नगरेकाले अहिले ती माग फेरि डाक्टर केसीले उठाएको पनि थापाको भनाई छ।

    ‘तपाईं आफैंले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र?,’ सोमबार ट्वीट गर्दै थापाले प्रश्न गरेका छन्, ‘केसीसंग संवाद नै गर्दिनँ भन्ने तपाईंको हठले के तपाईंको मान बढाउँछ?’

    पूरा गर्न सकिने र गर्नुपर्ने माग केसीले उठाएकाले सम्बोधन गर्न पनि थापाको भनाइ छ। 

    ‘एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठूलो मूल्य तपाईंले चुकाउनु पर्नेछ,’ थापाले भनेका छन्, ‘प्रमज्यू ख्याल राख्नुहोला, यदि डा.केसीको जीवन तलमाथि भयो भने यसको शतप्रतिशत दोषी तपाईं हो।’

    पछिल्लो २२ दिनदेखि अनसनमा रहेका डा. केसीको अवस्था गम्भीर बनेपनि सरकारले अहिलेसम्म वार्ताको पहल समेत गरेको छैन । सत्याग्रही डा. केसीको जीवन संकटमा परेसँगै सरकारको चौतर्फी आलोचना भैरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार