Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश ५ राजधानी विवाद: नेकपा सांसदलाई दाङका पक्षमा मतदान गर्न ह्वीप


    सोमबार, असोज १९ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश ५ को सभामा दर्ता भएको प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्‍वीप जारी गरेको छ। सो प्रस्तावको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्‍वीप जारी गरेको हो ।  

    सोमबार बिहान बुटवलमा बसेको नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न भनेको हो । 

    सो प्रस्तावको पक्षमा मुख्यमन्त्री शंकर पोखरेल रहेका छन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको पनि साथ रहेका कारण यो प्रस्तावको पक्षमा मतदान गर्न ह्‍वीप लगाइएको बुझिएको छ । 

    तर बुटवलमा भने राजधानीको विषयमा आन्दोलन चर्किरहेको छ । अब केहीबेरमा प्रदेश सभाको बैठक बस्दै छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार