Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले बागमती अधिवेशन : अध्यक्षमा ढुङ्गेल र दाहालबीच प्रतिस्पर्धा


    शुक्रबार, असोज १२ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलको उम्मेदवारी कायम भएको छ । अन्यले उम्मेदवारी फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।

    त्यसैगरी एक उपाध्यक्ष पदका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जना मैदानमा छन् । प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुने भएको छ । दुई उपसचिवका लागि १० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    आज बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि उम्मेदवारको सूची प्रकाशित गर्न ढिला भएपछि अब सम्भवतः ११, १२ बजेपछि मात्र मतदान सुरु हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार