Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले बाग्मतीको मतदान भोलिलाई सर्‍यो


    बिहिबार, असोज ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारलाई सरेको छ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै साँझ ६ बजेबाट हुने भनिएको मतदान भोलिलाई सरेको हो ।

    भोलि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको एमालेले बताएको छ ।

    प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दिएका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार