काठमाडौँ। आज बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । आज परिसूचक नेप्से २००४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक १८.६० अंक घटेको हो । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । हिजो २ अर्ब ९ करोडको कारोबार भएकोमा आज १ अर्ब ८१ करोडमा खुम्चियो ।
कुल ३४ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ३ को स्थिर रहृयो । बैंकिङ ७, विकास बैंक ५३, फाइनान्स २५, होटल तथा पर्यटन ४८, जलविद्युत् ३३, जीवन बीमा ८८, उत्पादन तथा प्रशोधन २६, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा १००, अन्य २० र व्यापार उपसमूह १४ अंक घटे ।
मनकामना इन्जिनियरिङ हाइड्रोको मूल्य ९.९, एसियन हाइड्रोको ७.९ तथा मोलुङ हाइड्रोको ७.६ प्रतिशत बढ्यो । शुभम् पावरको मूल्य १० प्रतिशत तथा हिमालय ऊर्जा विकासको मूल्य ७.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सन नेपाल लाइफ, एनआईसी एसिया बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र नागरिक लगानी कोष क्रमशः अगाडि रहे ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend