Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेडिकल सामगी खरिद गर्ने ओम्नीटेकको टेण्डर रद्द


    बुधबार, चैत्र १९ २०७६
    915
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १९ चैत । स्वास्थ्य सेवा विभागले कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्ने मेडिकल सामग्रीको टेण्डरमा ब्यापक विवाद भएपछि ओम्निटेकसँगको सम्झौता रद्द गरेको छ । केहीबेर अघि विभागले चीनबाट खरिद गरिएको मेडिकल किट, पीपीई लगायतका मेडिकल सामग्रीको टेण्डर रद्द गरेको हो ।

    आइसकेको मेडिकल सामानको बारेमा के कसरी भुक्तानी गर्ने भन्ने टुंगो नलागिसकेको विभाग स्रोतले बताएको छ । एक लट सामान आइतबार आइसकेको छ ।  चीनबाट खरिद गरिएको मेडिकल सामग्री धेरै महंगो भएकोबारेमा ब्यापक बिरोध भएकाले टेण्डर रद्द गर्ने निर्णयमा विभाग पुगेको बताइएको छ । 

    स्वास्थ्य सेवा विभागले सूचना प्रविधिको काम गर्ने ओम्निटेक कम्पनीलाई मेडिकल सामग्री आपूर्तिको ठेक्का दिएको थियो । जुन कम्पनी बाणिज्य विभागमा दर्ता समेत नभएको पाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार