काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ ।
आज दिउँसो ४ बजेको लागि तय भएको अनिश्चितकालको लागि स्थगित गरिएको एक सचिवालय सदस्यले जानकारी दिए ।
गत शुक्रबार प्रम ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि शनिबारका लागि सचिवालय बैठक बोलाउने सहमति भएको थियो । तर शनिबारको बैठक पनि स्थगित भइ आजका लागि बैठक बस्ने भनिएको थियो ।
शनिबार प्रधानमन्त्री कार्यालयका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस विज्ञ रामशरण बजगाईंमा पनि संक्रमण पुष्टि भैसकेको छ । अहिले जोखिम बढेको भन्दै बैठक स्थगित गरेको बताइएको छ ।
अहिले प्रम ओली सबै किसिमको भेटघाट बन्द गरेर बसेको र जोखिम उच्च भएको भन्दै बैठकको स्थगित गर्न दुई अध्यक्ष सहमत भएको बताइएको छ ।
तत्कालको लागि बैठकको मिति तय नगरिए पनि जोखिम भएसँगै बैठकको नयाँ मिति तय गर्ने सहमति भएको खुमलटार स्रोतले जानकारी दिएको छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend