Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएसँगै कांग्रेस पार्टी कार्यालय बन्द


    आइतबार, असोज १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । केन्द्रीय सदस्यहरुमा कोरोनाभाइरस संक्रमण देखिएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ। 

    आइतबारदेखि २२ असोजसम्म केन्द्रीय कार्यालय बन्द रहने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    १५ असोजमा केन्द्रीय कार्यालयमा गरिएको पीसीआर परीक्षणमा केही केन्द्रीय सदस्य र नेताहरूको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीमा शनिबार कोरोना पुष्टि भएको थियो।

    केन्द्रीय सदस्य गगनकुमार थापा, अर्जुनरसिंह केसी, शम्भु श्रेष्ठसहित केही जनालाई संक्रमण पुष्टि भएको थियो। 

    नेताहरूमा संक्रमण देखिएपछि आइतबारका लागि निर्धारित पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक स्थगित भएको छ। 

    सोमबारका लागि तय केन्द्रीय समिति बैठक भने बस्ने/नबस्ने टुंगो छैन। भर्चुअल माध्यमबाट बैठक गर्नेबारे पनि छलफल भइरहेको कांग्रेसले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार