Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फार्मेसीका नाममा भइरहेका गैरकानुनी काम रोकिनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत


    सोमबार, असोज ८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फार्मेसीका नाममा भइरहेका गैर कानुनी कामहरु बन्द हुनु पर्ने बताएका छन् ।

    नेपाल फार्मेसी संघले विश्व फार्मेसी दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्ताे बताएको हुन् ।

    स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको नेतृत्वमा फार्मेसीहरुको अनुगमन तीव्र पारेको बताउँदै मन्त्री बस्नेतले कानुन विपरीत सञ्चालित फार्मेसीहरुलाई सचेत गराउनेदेखि सिल गर्नेसम्मका कारबाही अगाडि बढाइएको जानकारी दिए ।

    उनले भने,‘फर्मासिस्टको तुलनामा फार्मेसीको संख्या बढी रहेको पाइएको छ । यो हुनु हुँदैन । कानुन विपरीत अर्कैको फोटो झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारबाही गर्छौ ।’

    देशमा फार्मेसी पढेकाले काम नपाएर बस्नु पर्ने तर नपढेकाहरुले अर्कैको फोटो झुन्ड्याएकै भरमा फार्मेसी चलाउने प्रवृत्ति अन्त गर्नु पर्नेमा मन्त्री बस्नेतको जोड थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार