काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारको चरम लापरवाहीका कारण नेकपाका १ सय ५० भन्दा बढी कार्यकर्ता कोरोनाको जोखिममा परेका छन् । प्रम ओलीका परराष्ट्र मामिलाका सल्लाहकार राजन भट्टराईको गैरजिम्मेवार व्यवहारका कारण यस्तो अवस्था आएको थाहा भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री कार्यालयका कार्यरत सुरक्षाकर्मी तथा सल्लाहकार लगायतको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । स्वास्थ्य प्रोटोकल अनुसार स्वाब दिएका व्यक्ति क्वारेन्टिनमा बस्नुपर्ने थियो ।
तर प्रम ओलीका सल्लाहकार राजन भट्टराई भने शुक्रबार दिउँसो १ सय ५० जना भन्दा बढी उपस्थित कार्यक्रममा सहभागी भएका थिए । धुम्बाराहीस्थित स्काई बेंक्वेटमा नेकपाका कार्यकर्ता बोलाई कार्यक्रम गरेका हुन् । तर शनिबार आएको रिपोर्टमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराइको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । उनीसँगै प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीमा समेत कोरोना पुष्टि भएको छ ।
भट्टराईमा कोरोना देखिएसँगै शुक्रबार कार्यक्रममा सहभागी सबैले पीसीआर परीक्षण गर्नुपर्ने भएको छ । स्वास्थ्य प्रोटोकल अनुसार संक्रमितको सम्पर्कमा आएकाले पीसीआर परीक्षण गर्नुको साथै होम क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।
पछिल्लो समय नेपालमा तीव्र गतिमा कोरोना संक्रमण फैलिइरहेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री सल्लाहकार जस्तो जिम्मेवारीपूर्ण पदमा बसेका भट्टराईले चरम लापरबाही गर्दा ती सबै कार्यकर्ता संक्रमणको जोखिममा परेको हो ।
कार्यक्रममा सहभागी नेकपाका एक कार्यकर्ताले भट्टराईको यो व्यवहारलाई जिम्मेवार पदमा बसेका व्यक्तिको गैरजिम्मेवार प्रवृत्ति भनेका छन् ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend