काठमाडौं । कुलमान घिसिङले नेतृत्व गरेको सहरी विकास मन्त्रालय मातहतको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनुषामा सात बर्षदेखि कार्यरत रहेका छन् इन्जीनीयर लक्ष्मण यादव ।
निजामती सेवा ऐन–नियममा २ बर्षमा कर्मचारीको सरुवा हुने ब्यवस्था छ । तर यादवका हकमा यो नियम लागू हुनसकेको छैन । सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीलाई प्रभावमा पारी उनी यो बर्ष पनि सरुवा रोक्न लागेका छन् । इन्जीनीयर लामो समयदेखि सोही कार्यालयमा बस्दै आएका छन् । उनलाई निजामती सेवा ऐन र निजामती सेवा नियमावलीले छुने गरेको छैन ।
सामान्यता एउटा कर्मचारी एउटा कार्यालयमा दुई बर्षसम्ममात्र कार्यरत हुन्छ । दुई वर्ष अवधि पूरा भएपछि उसको अन्य कार्यालयमा सरुवा हुने गर्छ । निजामती सेवा ऐन २०४९ र निजामती सेवा नियमावली २०५० मा गरिएको व्यवस्था यही हो । तर शक्ति, पहुँच र आर्थिक प्रभावमा पारेर लक्ष्मण दुई बर्षभन्दा बढी अझ लामो समयसम्म उक्त कार्यालयमा बस्ने गरेका छन् ।
मन्त्रालय स्रोतका अनुसार यसपटक उनको सरुवा हुने निश्चित भएपछि उनले जनकपुरबाटै बिभागदेखि मन्त्रालयलाई प्रभावमा पारी रोक्न लागेका छन् ।
इन्जीनीयर लक्ष्मण भने पहुँच र शक्तिको भरमा उनी उक्त कार्यालय छाडेर अन्यत्र जान चाहँदैनन् । उनी लामो समयदेखि त्यही कार्यालयमा राज गरिरहेका छन् । यो भनेको चरम बेथिति हो–मन्त्रालयका एक कर्मचारीले भने ।
सात बर्षको बीचमा उक्त कार्यालयमा कार्यालय प्रमुख पटक–पटक फेरिए तर लक्ष्मणलाई भने सरुवा भएर अन्यत्र जानुपरेको छैन । उक्त कार्यालय उनका लागि आकर्षक ठाउँ भएको छ । उक्त कार्यालयमा बसेर उनले ठूलो आर्थिक उपार्जन गरेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
लामो समयसम्म एउटा कर्मचारी एउटै कार्यालयममा राज गरेर बस्दा न सहरी विकास मन्त्रालयले चलाउने गरेको छत सहरी विकास तथा भवन निर्माण विभागले चलाउने गरेको छ । हरेक बर्ष विभागले ठूलो संख्यामा इन्जीनीयरहरुको सरुवा गर्ने गर्छ । सामान्यता भदौ–असोज महिनामा निजामती कर्मचारीहरुको सरुवा गर्ने गरिन्छ । तर लक्ष्मणको हकमा धेरै वटा भदौ–असोज महिना गइसके, कसैले उनलाई छुन सकेको छैन ।
आयोजनाको पीसी माथिसम्म बुझाएरै उनले सरुवा रोकाउँदैआएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend