Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गगन थापाको दाबी- शिक्षा विधेयकमा सुधार आवश्यक छ,संसदमा हामी सच्याउँछौं


    बिहिबार, असोज ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको टिप्पणी गरेका छन्।

    साथै उनले शिक्षकको आन्दोलनप्रति समर्थन र एकतावद्ध जनाउँदै शिक्षा विधेयकमा अनेकन कमजोरीहरू रहेकाले त्यसलाई संसदमा सच्याउन आफूले पहलकदमी लिने बताएका हु्न्।

    प्रतिनिधिसभा सदस्य थापाले सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजि गरेर आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक महासंघलगायत सबै पक्षसँग अनुरोध गरेका छन्।

    यस विषयमा सरकारले आन्दोलनरत शिक्षकसँग घनिभूत छलफल र संवाद गरेर टुंगो लगाउनुपर्ने उनको भनाइ छ। नेता थापाले शिक्षकको न्याय र सम्मान अनि विद्यार्थीहरूको भविष्यलाई केन्द्रमा राखेर कानुन बनाउन पूर्ण प्रतिवद्धता रहेको बताएका छन्।

    उनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै‌ ​​​​ संसदमा पेश भएको सो विधेयकमाथि सबैसँग छलफल गरेर अघि बढ्ने जिकिर गरेका छन्।

    ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ । विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौं,’उनले सामाजिक सञ्जालमा लेखेका छन्,’अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार