Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संविधान दिवसका अवसरमा शीतल निवासमा रात्रिभोज


    बुधबार, असोज ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरेका छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा रात्रिभोजको आयोजना गरिएको हो ।

    आयोजित भोजमा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थिति रहेको बताइएको छ । त्यसैगरी, मन्त्रीहरु, विदेशी राजदूतहरुलगायतको पनि सहभागीता थियो ।

    त्यस्तै, कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन पनि उपस्थिति थिए । राष्ट्रपति कार्यालयका अनुसार उनीहरु सबैलार्य आमन्त्रण भने गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार