Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङले भने : राजनीतिक परिवारमा हुर्किंदैमा अवसर पाउनुपर्छ भन्ने ठान्दिन


    मंगलबार, असोज २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संविधानसभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले राजनीतिक परिवारमा हुर्किँदैमा आफूले अवसर पाउनुपर्छ भन्ने नठानेको उल्लेख गरेका छन्।

    सोमबार इलाममा आयोजित सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा उनले बुबाले अधुरो छाडेको काम आफूले सामाजिक र कानुनको क्षेत्रबाट पूरा गर्न पहल गर्ने दाबी गरे। ।

    ‘म राजनीतिमा सक्रिय छैन, तर म बुबासँग हुर्केको हुँ, म राजनीतिक परिवारमा जन्मिएको र हुर्किएको हुँ, राजनीतिक परिवारमा हुर्किएँ भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने म कदापि ठान्दिन’ उनले भने ।

    आफ्ना बुबाले इलामबासीको शीर कहिल्यै निहुरिन नदिएको पनि सुहाङले बताए ।

    सुहाङले अगाडि भने, ‘तर राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि, बुबाको सपना, बुबाले अधुरो छाड्नुभएको कार्यहरु, पूरा गर्नुपर्ने कार्यहरु म सामाजिक र कानुनी कुन हिसाबले अगाडि बढाउन सकिन्छ म हजुरहरुसँग हातेमालो गरेर अगाडि बढौं भनेर निवेदन गर्न चाहन्छु ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार