काठमाडौं। बुधबारदेखि सडक विस्तार तथा निर्माणका लागि पृथ्वी राजमार्गअन्तर्गत नौविसे-मलेखु सडक खण्डकोराति ४ घण्टा अवरुद्ध हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक विज्ञप्ति जारी गर्दै उक्त सडक खण्ड असोज २० गतेसम्म बन्द हुने जानकारी दिएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङमा सोमबार बसेको सरोकारवालाको बैठकले उक्त सडक खण्डको खयरघारीस्थित १७ किलोमिटर र पोखरे खोलानजिक ३३ किलोमिटर सडकमा स्वीकृत डिजाइन अनुसार सडक चौडा गर्ने र सो समयमा राति ४ घण्टा सडक अवरुद्ध गर्ने निर्णय गरेको हो।
निर्माणको समयमा अवागमन गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गरी राति ११ बजेदेखि बिहान ३ बजर्सम्म एम्बुलेन्स र सुरक्षा निकायका सवारीबाहेक अन्य सवारीको अवागमन बन्द गरिएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए।
यस अवधिमा काठमाडौंबाट जाने सवारी थाक्रेस्थित एक्लेफाँट र चितवनतर्फबाट आउने सवारी गजुरीस्थित घाटवेशी पुलमै रोकिनेछन्।

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend