Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वप्रकाश शर्माको धारणा- समय चेत बुझ्न र हाँक्न सक्ने सभापति र प्रधानमन्त्री खोज्नुछ


    मंगलबार, असोज २ २०८०
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समय चेत बुझ्न, हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री खोज्ने बहसलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

    कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्नेभन्दा पनि महत्वपूर्ण प्रश्न समाजमा देखिएको असन्तुष्टि रहेको उनले गुनासो गरे ।

    ‘समाजमा किन असन्तुष्टि छ?, हामी त्यसमा कति दोषी छौं?,’ मंगलबार सामाजिक सञ्जाल एक्समा शर्माले उल्लेख गरेका छन्, ‘वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सिर्जना कसरी गर्न सकिन्छ, महासमिति बैठकमार्फत यी प्रश्नको निरूपणले देश र कांग्रेसलाई पनि मार्ग दिन्छ।’

    शर्माले आफू महासमिति बैठककै तयारीमा जुटेको बताएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार