Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धादिङमा मापसेपछि विवाद गर्नेमाथि एसिड प्रहार, दुईजना घाइते


    मंगलबार, असोज २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धादिङमा मादक पदार्थ सेवन गरी विवाद गर्ने दुईजना माथि आज बिहान एसिड प्रहार गरिएको छ ।

    जिल्लाको गजुरी गाउँपालिका–२, मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसलका सञ्चालक ३२ वर्षीय प्रविण विकले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

    मापसे सेवन गरी उनको पसलमा पुगेका व्यक्तिले विवाद गरेका थिए । प्रहरीका अनुसार सोही क्रममा उनले आफ्नै पसलमा रहेको एसिड निकालेर छ्यापेका थिए ।

    एसिड प्रहारबाट धादिङकै बेनीघाट रोराङ गाउँपालिका–३ का १८ वर्षीय दिपेश क्षेत्री र ६३ वर्षीय डम्बरबहादुर पुलामी घाइते भएका छन् । एसिड प्रहार गर्ने विक बेनीघाट रोराङ–३ कै स्थानीयवासी हुन् ।

    घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

    दिपेशको शरीरका विभिन्न भाग तथा डम्बरको अनुहार र शरीरमा एसिड प्रहार गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार