काठमाडौं । संसद्को विशेष अधिवेशन बोलाउनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस तम्सिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा अन्त्य गरेपनि चुप रहेको प्रतिपक्षी अहिले भने जुर्मुराएको हो ।
यसका लागि तीन दिनअघि बसेको पदाधिकारी बैठकले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको थियो। संविधान अनुसार प्रतिनिधि सभाका एक चौथाई सांसदले लिखित रुपमा अनुरोध गरेमा अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
संविधानको धारा ९३ को उपधारा (३) मा विशेष अधिवेशनको माग गर्ने व्यवस्था छ। ‘राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ,’ संविधानमा भनिएको छ।
संविधान अनुसार संसदको विशेष अधिवेशन बोलाउन माग गर्न ६९ जना आवश्यक पर्दछ। कांग्रेससँग प्रतिनिधि सभा सदस्य ६३ जना छन्। तीमध्ये विजयकुमार गच्छदार र मोहम्मद आफ्ताव आलम निलम्बित रहेकाले आठ जना अझै अपुग रहेको छ । यसका लागि भने कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्य गर्ने तयारी गरेको छ ।
यसअघि प्रम ओलीले दल फुटाउने गरी ल्याएको अध्यादेशविरुद्ध कांग्रेस र जसपा एकै ठाउँमा उभिएका थिए। सोहीकारण विशेष अधिवेशनका लागि पनि दुई पार्टीबीच स्वभाविक सहकार्य हुने तयारी भएको बुझिएको छ ।
कांग्रेसले यो अधिवेशनमा भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकार असफल, जनजिविकाका समस्याका विषय उठान गर्ने जनाएको छ। यस्तै कोरोना नियन्त्रणमा उदासिन रहेको सरकारलाई समेत झक्झकाउने बताइएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend