काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते हुने भएको छ । उक्त अधिवेशनका लागि १३ वटै जिल्लाले प्रतिनिधि छनोटको काम सकेर प्रदेशमा पठाएका छन् ।
अधिवेशन नजिकिएसँगै एमाले बागमती प्रदेश अध्यक्षका दाबेदारहरुको चर्चा सुरु भएको छ । बागमती प्रदेश अध्यक्षमा एमालेका केन्द्रीय सदस्यहरु कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, रचना खड्का, केशव पाण्डेको नाम चर्चामा छ । एकपटक पुनः आफूले नै मौका पाउनुपर्ने पक्षमा हालका अध्यक्ष केशवराज पाण्डे छन् ।
यद्यपि पाण्डेको नेतृत्वमा गएको निर्वाचनमा बागमतीमा एमालेले निर्वाचनमा असफलता ब्यहोरेकाले उनलाई दोहोर्याउने पक्षमा एमाले नेतृत्व देखिंदैन । बागमतीमा प्रतिनिधिसभाका २७ सिटमध्ये ४ सिटमा मात्र एमालेले जितेको थियो ।
मकवानपुरका कृष्णप्रसाद दाहालले जित्दैआएको मकवानपुरमा कमल थापालाई समर्थन गर्दा उनी पनि पराजीत भए । उनले आफूले प्रदेश अध्यक्षमा दाबी गरेका छन् । कैलाश ढुंगेल गएको निर्वाचनमा रामेछापबाट १६ हजारभन्दा बढी मतले पराजीत भएका थिए । उनले पनि प्रदेश अध्यक्षमा अध्यक्ष केपी ओलीको आशीर्वाद आफूलाई रहेको दाबी गरिरहेका छन् । प्रदेश अध्यक्षमा बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, पूर्वसांसद कृष्णभक्त पोखरेलको नाम पनि आएको छ ।
रचना खड्काले पनि प्रदेश अध्यक्षमा दाबी गरिरहेकी छन् । लुम्बिनी प्रदेशमा जस्तै एमालेमा ठूला नेताको गुुटबन्दी त देखिएको छैन, तर काभ्रेका गोकुल बास्कोटा र भक्तपुरका महेश बस्नेतले प्रदेश अध्यक्षका लागि कसलाई समर्थन गर्ने हुन्, त्यसले निर्णायक अर्थ राख्छ । लुम्बिनीमा जस्तै अध्यक्ष ओलीको समर्थन छ भन्ने उम्मेदवारलाई देखाइदिने पक्षमा एक पक्ष देखिएको छ ।
मेयर नै प्रतिनिधि बन्नबाट रोकिए
प्रतिनिधि छनोटमा गएको स्थानीय निर्वाचनमा काठमाडौंमा एमालेको प्रतिष्ठा बचाउने बुढानीलकन्ठ नगरपालिकाका मेयर मीठराम अधिकारी नै पर्न सकेनन् । बुढानीलकण्ठ नगरपालिकाबाट ८ जना पुरुष छानिंदा मेयर अधिकारीलाई नै प्रदेश प्रतिनिधि हुनबाट बन्चित गरिएको छ ।
सहमतिका नाममा मेयर अधिकारीलाई प्रदेश प्रतिनिधि आउन नदिन एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला नै लागेको आरोप छ । स्थानीय निर्वाचनमा जितेपछि टिकट दिएबापत निरौलाले भेटी खोजेको तर त्यो नदिएको रिस प्रदेश प्रतिनिधि छान्दा उनले अधिकारीलाई आउट गरी साधेको चर्चा एमाले बृत्तमा छ ।
गएको स्थानीय निर्वाचनमा एमालेले काठमाडौंका महानगरसहित १० पालिकामध्ये बुनपा र टोखामात्र एमालेले मेयरमा जितेको थियो । टोखामा झिनो मतले मेयरमा प्रकाश अधिकारीले जित हासिल गरेका थिए । बुनपामा सानदार ढंगले जित हासिल गरेको थियो । तर टोखाका मेयर अधिकारी प्रदेश प्रतिनिधि छानिंदा बुनपाका अधिकारी भने बन्चित भएका छन् ।
सहमतिको नाममा दीपक निरौलाले उनलाई प्रतिनिधि छान्नबाट नियतबस नै रोकेकोमा अधिकारी रुष्ट भएका छन् । अधिकारी एमालेमा लोकप्रिय भएकै कारण २०५४ को स्थानीय निर्वाचनमा कपन गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend