काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका उपराष्ट्रपति हान झेङबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको ‘साइडलाइन’का क्रममा अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने भएको हो ।
महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए । हिजो आइतबार उनी न्युयोर्क पुगिसकेका छन् ।
न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग स्रोतका अनुसार आज (सोमबार) प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उपराष्ट्रपति हानबीच भेटवार्ता हुँदै छ । असोज ६ गतेदेखि सुरु हुने प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डामा भेटवार्ता केन्द्रित हुने स्रोतले बतायो ।
राष्ट्रसंघको महासभामा योपटक चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति हानले गरेका छन् । उनी महासभामा सहभागी हुन न्युयोर्क पुगिसकेका छन् ।
प्रधानमन्त्री प्रचण्डले यही असोज ४ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । असोज ५ गते उनी न्युयोर्कबाट सिधै चीनतर्फ लाग्नेछन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend