Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली-दाहाल छलफलपछि भोलिका लागि बोलाइयो सचिवालय बैठक


    शुक्रबार, असोज १६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।

    दुई अध्यक्षबीचको छलफलपछि भोलि (शनिबार) ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । दुई अध्यक्षबीच करिब एक घण्टा छलफल भएको थियो । स्थायी कमिटी र सचिवालय बैठकको म्यान्डेट विपरीत ओलीले एकलौटी नियुक्ति गरेको भन्दै दुई अध्यक्षबीच मतभेद चुलिएको थियो ।

    प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूखुशी राजदूत नियुक्त गरेको विषयमा असन्तुष्टि जनाउन प्रचण्ड बालुवाटार पुगेका थिए ।  

    सरकारले हिजो मन्त्रिपरिषद् बैठक मार्फत् मुख्यसचिव तथा राजदूतहरु नियुक्ति गरेको थियो । यो विषयमा पार्टीसँग कुनै सल्लाह नगरेको भन्दै नेकपाका अधिकांश सचिवालय सदस्य असन्तुष्ट रहेको बताइएको छ । यसअघि नेकपा स्थायी समिति बैठकमा सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीमा छलफल गर्ने प्रस्ताव पारित गरेको थियो । प्रम ओलीले कदम सो प्रस्ताव विपरित रहेको भन्दै नेकपामा असन्तुष्टि बढेको छ । 

    बिहीबार सरकारले मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको थियो भने पूर्व अर्थमन्त्री युवराज खतिवडा र पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई क्रमश: अमेरिका र बेलायतको राजदूत नियुक्त गरेको छ ।

    पार्टी उपाध्यक्ष वामदेव गौतमको मुद्दा पनि सर्वाच्चमा विचाराधीन भएको र मन्त्रिमण्डल पुनर्गठनको मिति सर्न सक्ने नेकपा निकट स्रोतको दावी छ । सोही विषयमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको ती स्रोतले बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार