काठमाडौं, १९ चैत। संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गर्नुभएको अमेरिकास्थित नेपाली दूतवासले जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमण अमेरिकामा द्रुतगतिमा फैलिरहेको र धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले अमेरिकामा रहेका नेपाली समुदायको अवस्थाबारे जानकारी लिनुभएको राजदूत डा.अर्जुनकुमार कार्कीले बताए ।
राजदूत कार्कीले ३० मार्च २०२० मा एक अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन गरी चासो र चिन्ता व्यक्त गर्नुभएको र नेपाली समुदायलाई सचेत र सुरक्षित भई बस्न आग्रह गर्नुभएको उल्लेख छ । राष्ट्रपति भण्डारीले मृतकका परिवारप्रति समवेदना तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको अपिलमा जनाइएको छ । अमेरिकामा झण्डै पाँच लाखको सङ्ख्यामा नेपाली रहेको बताइन्छ ।
राजदूत कार्कीले अमेरिकामा रहेका नेपाली विद्यार्थीको भिषा तथा विद्यमान परिस्थितिले गर्दा यात्रा अवरुद्व हुन गई भिषा समाप्त भएका नेपाली नागरिकलाई आवश्यक सहयोग गर्न तथा सङ्क्रमित भएका नेपालीको उपचारमा सहयोग गर्नका लागि नेपाल सरकारले निर्णय गरेअनुरुप अमेरिकी सरकारसमक्ष अनुरोध गरिएको जानकारी दिए ।
दूतावासले गैरआवासीय नेपाली सङ्घ अमेरिकालगायत अमेरिकाका ५० राज्यमा रहेका १२६ सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित कन्फ्रेन्स कल गरी नेपालीको अवस्था र गर्नुपर्ने सहयोगका बारेमा छलफल गरीे आवश्यक लगत राख्ने काम थालिएको जनाएको छ ।
राजदूत कार्कीद्वारा जारी अपिलमा कोभिड–१९ को यो विषम परिस्थितिमा नेपाल सरकारका निर्णयहरु तथा जानकारीमूलक सन्देश सामग्री तथा अपिलहरुको प्रचारप्रसारमा जोड दिइएको जनाइएको छ । अति आवश्यक सेवा प्रवाहलाई समेत निरन्तरता दिँदै केही समस्या परे २४ सै घण्टा सेवा उपलब्ध हुने गरी चारवटा फोनलाइनको व्यवस्था गरिएको तथा कोभिड–१९ का निम्ति छुट्टै इमेलको व्यवस्था मिलाइएको अपिलमा उल्लेख गरिएको छ । दूतावासले विद्यार्थीलाई छिटो छरितोरूपमा सेवा प्रदान गर्नका लागि समेत छुट्टै इमेल सेवाको व्यवस्था गर्दै आएको छ ।
केही समस्या परे अमेरिकाको वासिङ्टन डिसीस्थित दूतावास र न्यूयोर्कस्थित वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि सबैमा दूतावासले आग्रह गरेको छ । अमेरिकामा कोभिड–१९ को सङ्क्रमणका कारण एक नेपालीको ज्यान गएको छ भने केही अस्पतालमा उपचारार्थ रहेका छन् । नेपालीको बाक्लो बसोबास रहेको न्यूयोर्क शहर अहिले कोभिड–१९ को इपिसेन्टरजस्तै बनेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend