काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ६० किलो सुनतस्करीमा एकपछि अर्को तथ्य खुल्न थालेका छन् । ब्रेकसुमार्फत् भएको ६० किलो सुन तस्करीका मूख्य दोषी भनिएका दावा छिरिङका मुख्य सहयोगीलाई जीवन चलाउनेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरिसकेपछि छाडेको खुलेको छ ।
चलाउनेलाई बयान गराएर सीआईबीले सुटुक्क छाडेको सूचना प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसम्म पुगेको थाहा पाएपछि सीआईबीका प्रमुख एआइजी किरण बज्राचार्यले हतार हतार चलाउनेलाई फरार सूचीमा राखेको स्रोतले बताएको छ । महानिरीक्षक कुँवरले तुरुन्तै चलाउनेलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबीले उनलाई फरार सूचीमा राख्न बाध्य भएको थियो । चलाउनेलाई पक्राउ गरिसकेपछि बयान लिएर छाडिनुमा ठूलै आर्थिक चलखेलको आशंका गरिएको छ ।
दावाको मोबाइल परीक्षणका क्रममा जीवन चलाउनेसँग उनको कनेक्सन सुन तस्करीदेखि क्रिप्टो करेन्सीसम्म देखिएको छ । दावा र चलाउनेबीचको म्यासेजमा सुन र क्रिप्टो करेन्सीमा संलग्नता खुलेको हो । दावाका मुख्य सहयोगी चलाउनेले सुबुप्रताप केसीको नाममा अमेरिकाको वेल्स फार्गो बैंकमा ३० हजार अमेरिकी डलर पठाएको मोवाइल परीक्षणका क्रममा खुलेको छ ।
सीआईबीले गरेको अनुसन्धानका क्रममा जीवन चलाउने र दावाबीचको क्यासेजमा अमेरिकामा रहेको सुबुप्रताप केसीको नाममा रहेको वेल्स फार्गो बैंकको खातामा ३० हजार अमेरिकी डलर पठाएको उल्लेख छ । यस अतिरिक्त क्रिप्टो करेन्सीको काममा समेत दावाले चलाउनेलाई प्रयोग गरेको खुले पनि उनलाई पक्राउ गरिसकेपछि किन छाडियो ? यो प्रश्न गम्भीर छ । दावाले सुबप्रताप केसीको नाममा रकम पठाएको म्यासेज चलाउनेले आफूलाई पठाएको सीआईबीसँगको बयानमा बताएका छन् ।
दावाका मुख्य सहयोगी चलाउनेमात्र होइन, सुबुप्रताप केसीसमेत ६० किलो सुन तस्करीमा तानिने भएका छन् । चलाउनेले उनको नाममा पठाएको ३० हजार अमेरिकी डलरले केसीसमेत अब अनुसन्धानको दायरामा आउने भएका छन् ।
को हुन् केसी ?
६० किलो सुनकाण्डमा नयाँ नयाँ तथ्य खुल्दै जाँदा अमेरिकामा बस्ने र अबैध हुन्डीदेखि विभिन्न कारोबारमा संलग्न सुबुप्रताप केसीसमेत तानिएका छन् । केसीले अमेरिकामा अबैध रुपमा आर्जित सम्पत्ति नेपालमा हाइड्रोपावरदेखि घरजग्गामा लगानी गरेका छन् । सर्बेन्द्र खनाल आइजीपी भएपछि उनीसँगको सम्बन्धका कारण प्रहरीका हाकिमहरुसँग उनको बाक्लो उठबस रहँदैआएको छ । स्रोतका अनुसार सीआईबीकी प्रमुख किरण बज्राचार्यसँग उनी एसपी हुँदादेखि नै सम्पर्कमा रहेका थिए । केसी नेपाल आउँदा पटक पटक भेटघाट हुने गरेको स्रोत बताउँछ । चलाउने सुन तस्करीका मुख्य दोषी मानिएका दावाका मुख्य सहयोगी भएको मोवाइल परीक्षणका क्रममा देखिएका कुराकानीबाट स्पष्ट हुँदाहुँदै पक्राउ गरी बयान लिएर छाडिएका थिए ।
सुबुको शंकास्पद कारोबार
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालमा कतिपयले सुबुलाई छायाँ आइजीपीका रुपमा लिन्थे । महानिरीक्षक खनालका साथी हुन् उनी ।
पद र शक्तिको स्वार्थले सम्बन्ध कसरी परिवर्तन हुन्छ भन्ने कुरा खनाल र केसीको दोस्ती आइजीपीबाट अवकाश हुने बेलामा दुस्मनीमा परिणत भयो । प्रहरीकै आडमा केसी सम्पत्ति शुद्धीकरणको धन्दामा समेत संलग्न थिए । स्रोतका अनुसार नेपालबाट अमेरिकामा हुन्डीमार्फत् पैसा पठाउने र त्यसलाई बैधानिक माध्यमबाट भित्र्याएर कालो धनलाई सेतो बनाउने उनको काम थियो । अहिले यस्तै धनबाट कमाएको पैसा उनले दुबईमा समेत लगानी गरेको स्रोत बताउँछ ।
दुबईमा सुन तस्कर लगायतसँगको उनको कनेक्सन रहेको समाचार यसअघि नै मिडियाले उजागर गरिसकेका छन् । ब्रेक सुमार्फत् हङकङबाट भित्रिएएको ६० किलो सुन प्रकरणका मुख्य दोषी दावा छिरिङका सहयोगी जीवन चलाउनेको कनेक्सन सुबुप्रताप केसीसँग जोडिन पुगेको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend