Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनकाण्डमा जीवन चलाउनेलाई भगाइयो, सुबु केसी तानिंदै


    आइतबार, भाद्र ३१ २०८०
    6.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ६० किलो सुनतस्करीमा एकपछि अर्को तथ्य खुल्न थालेका छन् । ब्रेकसुमार्फत् भएको ६० किलो सुन तस्करीका मूख्य दोषी भनिएका दावा छिरिङका मुख्य सहयोगीलाई जीवन चलाउनेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरिसकेपछि छाडेको खुलेको छ ।

    चलाउनेलाई बयान गराएर सीआईबीले सुटुक्क छाडेको सूचना प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसम्म पुगेको थाहा पाएपछि सीआईबीका प्रमुख एआइजी किरण बज्राचार्यले हतार हतार चलाउनेलाई फरार सूचीमा राखेको स्रोतले बताएको छ । महानिरीक्षक कुँवरले तुरुन्तै चलाउनेलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबीले उनलाई फरार सूचीमा राख्न बाध्य भएको थियो । चलाउनेलाई पक्राउ गरिसकेपछि बयान लिएर छाडिनुमा ठूलै आर्थिक चलखेलको आशंका गरिएको छ ।

    दावाको मोबाइल परीक्षणका क्रममा जीवन चलाउनेसँग उनको कनेक्सन सुन तस्करीदेखि क्रिप्टो करेन्सीसम्म देखिएको छ । दावा र चलाउनेबीचको म्यासेजमा सुन र क्रिप्टो करेन्सीमा संलग्नता खुलेको हो । दावाका मुख्य सहयोगी चलाउनेले सुबुप्रताप केसीको नाममा अमेरिकाको वेल्स फार्गो बैंकमा ३० हजार अमेरिकी डलर पठाएको मोवाइल परीक्षणका क्रममा खुलेको छ ।

    सीआईबीले गरेको अनुसन्धानका क्रममा जीवन चलाउने र दावाबीचको क्यासेजमा अमेरिकामा रहेको सुबुप्रताप केसीको नाममा रहेको वेल्स फार्गो बैंकको खातामा ३० हजार अमेरिकी डलर पठाएको उल्लेख छ । यस अतिरिक्त क्रिप्टो करेन्सीको काममा समेत दावाले चलाउनेलाई प्रयोग गरेको खुले पनि उनलाई पक्राउ गरिसकेपछि किन छाडियो ? यो प्रश्न गम्भीर छ । दावाले सुबप्रताप केसीको नाममा रकम पठाएको म्यासेज चलाउनेले आफूलाई पठाएको सीआईबीसँगको बयानमा बताएका छन् ।

    दावाका मुख्य सहयोगी चलाउनेमात्र होइन, सुबुप्रताप केसीसमेत ६० किलो सुन तस्करीमा तानिने भएका छन् । चलाउनेले उनको नाममा पठाएको ३० हजार अमेरिकी डलरले केसीसमेत अब अनुसन्धानको दायरामा आउने भएका छन् ।

    को हुन् केसी ?

    ६० किलो सुनकाण्डमा नयाँ नयाँ तथ्य खुल्दै जाँदा अमेरिकामा बस्ने र अबैध हुन्डीदेखि विभिन्न कारोबारमा संलग्न सुबुप्रताप केसीसमेत तानिएका छन् । केसीले अमेरिकामा अबैध रुपमा आर्जित सम्पत्ति नेपालमा हाइड्रोपावरदेखि घरजग्गामा लगानी गरेका छन् । सर्बेन्द्र खनाल आइजीपी भएपछि उनीसँगको सम्बन्धका कारण प्रहरीका हाकिमहरुसँग उनको बाक्लो उठबस रहँदैआएको छ । स्रोतका अनुसार सीआईबीकी प्रमुख किरण बज्राचार्यसँग उनी एसपी हुँदादेखि नै सम्पर्कमा रहेका थिए । केसी नेपाल आउँदा पटक पटक भेटघाट हुने गरेको स्रोत बताउँछ । चलाउने सुन तस्करीका मुख्य दोषी मानिएका दावाका मुख्य सहयोगी भएको मोवाइल परीक्षणका क्रममा देखिएका कुराकानीबाट स्पष्ट हुँदाहुँदै पक्राउ गरी बयान लिएर छाडिएका थिए ।

    सुबुको शंकास्पद कारोबार

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालमा कतिपयले सुबुलाई छायाँ आइजीपीका रुपमा लिन्थे । महानिरीक्षक खनालका साथी हुन् उनी ।

    पद र शक्तिको स्वार्थले सम्बन्ध कसरी परिवर्तन हुन्छ भन्ने कुरा खनाल र केसीको दोस्ती आइजीपीबाट अवकाश हुने बेलामा दुस्मनीमा परिणत भयो । प्रहरीकै आडमा केसी सम्पत्ति शुद्धीकरणको धन्दामा समेत संलग्न थिए । स्रोतका अनुसार नेपालबाट अमेरिकामा हुन्डीमार्फत् पैसा पठाउने र त्यसलाई बैधानिक माध्यमबाट भित्र्याएर कालो धनलाई सेतो बनाउने उनको काम थियो । अहिले यस्तै धनबाट कमाएको पैसा उनले दुबईमा समेत लगानी गरेको स्रोत बताउँछ ।

    दुबईमा सुन तस्कर लगायतसँगको उनको कनेक्सन रहेको समाचार यसअघि नै मिडियाले उजागर गरिसकेका छन् ।  ब्रेक सुमार्फत् हङकङबाट भित्रिएएको ६० किलो सुन प्रकरणका मुख्य दोषी दावा छिरिङका सहयोगी जीवन चलाउनेको कनेक्सन सुबुप्रताप केसीसँग जोडिन पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार