Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरु हुँदै


    शुक्रबार, भाद्र २९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश ६२ वर्षीय विनोद शर्माको संसदीय सुनुवाइ सुरु हुँदैछ ।

    संसदीय सुनुवाइले १० दिनको म्याद दिएर उजुरी आह्वान गरे पनि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ हुन लागेको हो ।

    ओखलढुंगा घर भएका शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । १५ भदौमा बसेको सुनुवाइ समितिको बैठकले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।

    गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार