Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सचिव रामकुमारी झाक्रीले पाइन् अमेरिका इन्चार्जको जिम्मेवारी


    बिहिबार, भाद्र २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको कार्यविभाजनमा तथा नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

    पार्टीका अध्यक्ष माधवकुमार नेपालले भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै नेताहरुको जिम्मेवारी हेरफेर भएको जानकारी गराएका छन् ।

    सो अनुसार पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले प्रवास विशेष प्रदेशको जिम्मेवारी पाएकी छन् । अध्यक्ष नेपालले नेताहरुको कार्यविभाजनसहित जारी गरेको अन्तरपार्टी निर्देशनमा नेतृ झाक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जका रुपमा जिम्मेवारी तोकिएको छ ।

    त्यस्तै स्थायी कमिटी सदस्य श्रीप्रसाद साहले एसिया, अष्ट्रेलिया र अफ्रिकाको इन्चार्जको जिम्मेवारी पाएका छन् भने अशोक थापाले भारत प्रवासको इन्चार्जको जिम्मेवारी पाएका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार