Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजकीय सम्मानका साथ पशुपतिमा गरियो नेम्वाङको अन्त्येष्टि


    बिहिबार, भाद्र २८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ । पशुपति आर्यघाटमा बिहीबार दिउँसो १ बजेको समयमा दुई छोरा मिङ्सो र सुहाङले दागबत्ती दिएर अन्तेष्टि गरिएको हो ।

    नेम्वाङलाई पशुपति आर्यघाटमा प्रधानमन्त्रीलगायत नेताहरूले अन्तिम श्रद्धाञ्जली दिएका छन् । आज मध्यान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओडाएर राष्ट्रिय सम्मान व्यक्त गरेका थिए ।

    नेपाली सेनाको टुकडीले आर्यघाटमा सलामी दिएको छ । अन्तेष्टिको बेला सेनाले सैनिक मञ्च टुँडिखेलमा तोप पड्काएर सम्मान व्यक्त गरेको थियो । सरकारले नेम्वाङको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो ।

    पशुपति आर्यघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष रहेका नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाए । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा, राजनीतिक दलका नेता र सांसदहरूले पनि नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

    पूर्वसभामुख नेम्वाङको ७१ वर्षको उमेरमा सोमबार राति २ बजे निधन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार