Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेम्वाङको अन्त्येष्टिका लागि निवासबाट सुरु भयो शवयात्रा


    बिहिबार, भाद्र २८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि बालुवाटार निवासबाट शवयात्रा सुरु गरिएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो ।

    उनको निजी निवास बालुवाटारबाट सुरु शवयात्रा शिक्षण अस्पताल, महाराजगन्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्नेछ । पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार