Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधि सभाको बैठक आज बस्दै, शोक प्रस्ताव पारित गरिने


    बिहिबार, भाद्र २८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज (बिहीबार) संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ।

    आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

    आजको बैठकमा संविधान सभा अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

    इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा गत सोमबार राति निधन भएको थियो।

    हृदयघात भएका उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार