Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि निवासबाट निकालियो


    बिहिबार, भाद्र २८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज अन्त्येष्टिका लागि बालुवाटारस्थित निवासबाट निकालिएकाे छ ।

    आज बिहान लिम्बू संस्कृतिअनुसार विधि गरी उनको शव निवासबाट निकालिएको हो ।

    नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ ।

    उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न एमालेले बुधवार साँझ एक विज्ञप्ति निकाल्दै अनुरोध गरेको छ ।

    शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।

    विदेशमा रहेका २ छोरा आउन केही ढिला भएकाले नेम्वाङको अन्त्येष्टि केही ढिला भएको हो । छोराहरू बुधबार नै नेपाल आइसकेकाले अन्त्येष्टि आजका लागि तय भएको हो ।

    उनको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार