काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पूर्व माओवादीबाट विभाजित भएर गएका कम्युनिष्ट घटकहरुलाई एकतामा आउन आग्रह गरेका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अहिलेको सन्दर्भमा एकता नै बल भएकाले विभाजित भएकाहरुलाई नेकपामै समाहित हुन् आह्वान गरेका हुन्।
अध्यक्ष दाहालले एकतापछि अन्य समूह पनि नेकपामा आइरहेको बताए। उनले फुटेर गएका नेताहरुलाई पनि मूलधारमा फर्किन आह्वान गरेका छन्। ‘अरु जनमत पनि हामीसँग जोडिन आएको छ’, उनले भने, ‘अब किरणजीले, बाबुरामले र विप्लवजीले पनि मूलधारातिरै फर्किनै पर्छ। यो नै जनतको हितमा हुन्छ। विवादहरु हामी सँगै बसेर मिलाउँला।’
प्रचण्डले एकतामा बल हुँदो रहेछ भन्ने कुरा एमाले र माओवादी केन्द्रको एकताले पुष्टि गरिसकेको बताए।
उनले कम्युनिष्ट आन्दोलनलाई अझ बलियो बनाउने भन्ने कुरा आफ्नै काँधमा रहेको उल्लेख गरे। दाहालले नेकपा नेतृत्वले समाजवाद निर्माण गर्ने आधार तयार पारिरहेको उल्लेख गरे।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend