Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा अध्यक्ष लिङ्देनको आरोप- धार्मिक द्वन्द्व निम्त्याउन धर्म निरपेक्षता ल्याइएको हो


    बुधबार, भाद्र २७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म निरपेक्षता धार्मिक द्वन्द्व निम्त्याउन ल्याइएको उल्लेख गरेका छन् ।

    काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै धर्म निरपेक्षताको आडमा धर्मान्तरण बढिरहेको बताए ।

    लिङ्देनले भने, ‘धर्म निरपेक्षता अकारण आएको थिएन । यही धार्मिक द्वन्द्व निम्त्याउनको लागि हाम्रो बीचको एकता समाप्त गर्न र हामीलाई विभाजित गर्न ल्याइएको थियो । हामीले बारम्बार यही कुरा भन्दै आइरहेका थियौं आज प्रमाणित हुँदै आइरहेको छ । त्यसैले अब हामी सबै जाग्ने बेलामा आइसकेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार