Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • ६० किलो सुन तस्करीमा पक्राउ परेका ३२ जनालाई अदालत लगियो


    बुधबार, भाद्र २७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि अदालत लगेको छ ।

    यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई सीआईबीले म्याद थपका लागि आज अदालत लगेको हो ।

    ब्युरोले आजै सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउँदैछ ।

    यस्तै सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी कुल ५० जनालाई मुद्दा चलाउन काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार