Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यी हुन् ९ लाख ५० हजार घरभाडा छुट दिने मेयर दम्पती 


    बुधबार, चैत्र १९ २०७६
    790
    Shares
  • ४ मिनेट पाठ
  • बागलुङ, १९ चैत । कोरोना भाइरसको महामारीसँग जुध्न विभिन्न राहत घोषणा गरेको सरकारले १ महिनाको घरभाडा छुट गर्न सम्पूर्ण घरधनीलाई आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई बचाउनका लागि चैत ११ देखि लकडाउन घोषणा गरेको सरकारले एक महिनाको विद्यालयको शुल्क छुट गर्न निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । 

    विश्वब्यापी फैलिएको कोरोना महामारीका कारण अमेरिका, यूरोपका देशहरुले पनि घरभाडा छुट गर्न निर्देशन दिएका छन् । अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत गोविन्द पौडेलका अनुसार त्यहाँ सरकारले ६ महिनासम्म भाडा नदिए पनि घरबाट निकाल्न नपाउने गरी निर्देशन जारी गरिसकेको छ । तर नेपालमा भने घरभाडा छुट दिन सरकारले आग्रह गरेको हो, उक्त आग्रह नमाने कारबाही गर्नसक्ने कानुनी आधार छैन । 

    सरकारको आग्रह अनुसार केही घरधनीहरुले घरभाडा छुट दिने घोषणा गर्न थालेका छन् । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र धर्मपत्नी छेलाले काठमाडौं, पोखरा, बागलुङ, बुर्तिबाङमा रहेका आफ्ना सबै घरका भाडा एक महिनाका लागि मिनाहा गर्ने घोषणा गरेका छन् । ढोरपाटनका नगर प्रमुख नेपाली काठमाडौं र पोखराका दम्पतीले एक महिनाको ९ लाख ५० हजार घर भाडा मिनाहा गरेका छन् ।

     मंगलबार आफ्नो फेसबुकवालमा घर भाडाको विवरणसहित प्रमुख नेपाली दम्पती सबै घरबाट मासिक आउने ९ लाख ५० हजार रुपैयाँ मिनाह गरेको घोषणा गरेका छन् ।  नेपाली दम्पतीले लेखेका छन्–‘विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसले गर्दा हामी संकटमा छौँ । ‘नोभेल कोरोना भाइरसले गर्दा उद्योगीरव्यवसायीहरुले व्यापार गर्न नपाएको अवस्था छ । त्यसैगरी घर भाडामा बस्नेहरुले पनि केही काम गर्न नपाएको अवस्था छ । यो अवस्थामा उनीहरुका लागि थोरै भएपनि सहयोग गर्ने उद्देश्यले म ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपाली र मेरो धर्मपत्नी छेला नेपालीको नाममा काठमाडौ, पोखरा र बागलुङको ढोरपाटन नगरपालिकामा रहेका घरहरुमा आफ्नो व्यवसाय सञ्चालन गरेका र घरभडामा बस्नेहरुका लागि १ महिनाको घरभाडा छुट दिने घोषणा गरेको छु ।

    नेपाली दम्पतीका काठमाडौ महानगरपालिका वडा नं ४ सुकेधारामा  रहेको घर सानिमा बैंकले मासिक ७०,००० मा घरभाडामा लिएको छ । सोही घरमा अलकर्नेस मेनपावरले मासिक ६५ हजार रुपैयाँ तिर्दैआएको छ । आरबी फ्लोरीङ्ग एण्ड फर्निर्सिङ प्रालिले रु ७५ हजार र अर्जुन ईन्टरप्राईजेज बजाज स्वरुमले ७५ हजार तिर्दैआएको छ । भुषणरत्न ज्वेलर्सले रु ४५ हजार र सुखद प्रभात सहकारी– रु ५० हजार, सविन केसीले १५ हजार, एस्टर फर्मास्यूटीकल्सले रु ५० हजार भाडा तिर्ने गरेका छन् । विजय राई रु २५ हजार मासिक र मिनबहादुर तामाङ रु १५ हजार छुट दिएका छन् । 

    यसैगरी उनले पोखरामा रहेको घर भाडा पनि छुट दिएका छन् । पोखरा महानगरपालिका –प्रमोद शाह (पृथ्वीचोक) रु. १,००,०००।– –टेस्टवाई सपिङ सेन्टर (सृजनाचोक) – रु ६०,०००।– – दीपक पौडेल (सृजनाचोक) – रु ६०,०००।– विजय बोगटी (सृजनाचोक) – रु ६०,०००।– – शेरबहादुर गुरुङ (रत्नचोक) – रु ३०,०००।– – हरिमाया फगामी (रत्नचोक)– रु १५,०००।– – कमला खड्का (रत्नचोक) – रु १५,०००।– – शिला घर्ति मगर (रत्नचोक) – रु ३०,०००।– – याङ्गजेङ्ग (हेम्जा) – रु ३०,०००।– ढोरपाटन नगरपालिका, बुर्तिबाङ – झकबहादुर शाही – रु ५०,०००।– इमेज सहकारी – रु. ३०,०००।– यो संकटको घडीमा हामीले मानवीयताका हिसाबले एकअर्कालाई सक्दो सहयोग गर्न सक्नुपर्छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार