Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • संवैधानिक आयोगका ५२ नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै


    बुधबार, भाद्र २७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । तीन बर्षअघि अध्यादेशमार्फत् संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटको पेसीमा बुधबार सुनुवाइ हुँदैछ । २०७७ माघ २३ गते तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए । अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले पनि अध्यादेशमार्फत् गरिएको संवैधानिक आयोगका पदाधिकारी नियुक्ति बिरुद्ध रिट दायर गरेका थिए ।

    संवैधानिक इजलासमा रहेको सो मुद्दामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाई भइरहेको छ ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत् संशोधन गरी विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति गरेको थियो । २०७७ मंसिर ३० मा अध्यादेशमार्फत् ३४ पदाधिकारी नियुक्ति सिफारिस गरिएको थियो ।

    २०७८ बैशाख २६ गते १८ जना पदाधिकारी सिफारिस भएका थिए । संसद छलेर अध्यादेशमार्फत् गरिएको नियुक्ति बदरको माग गर्दै परेको रिटमा यसअघिका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र हरिकृष्ण कार्कीको अध्यक्षताको इजलासले टुंगो लगाउन सकेको थिएन ।

    नयाँ प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ आएपछि पहिलो पटक उनको अध्यक्षतामा यो महत्वपूर्ण रिटमा सुनुवाइ हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार