Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षण अस्पतालले भन्यो- अस्पताल आइपुग्नुअघि नै नेम्वाङको निधन भएको थियो


    मंगलबार, भाद्र २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ अस्पताल आइपुग्न अघि नै निधन भइसकेको जनाएको छ।

    नेम्वाङबारे जानकारी दिँदै शिक्षण अस्पतालले राति १ः५० ल्याउँदा नै उनको शरीरमा कुनै पनि चाल नरहेको जनाएको हो।

    अस्पताल आउँदासम्म उनको आँखाको नानी फुलि सकेको र स्थिर रहेको शिक्षण अस्पताललका निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले जनाएका छन्। ३५ मिनेटसम्म कोसिस गर्दा पनि जीवित रहेको कुनै संकेत नदेखिएपछि उनलाई राति ३ बजे मृत घोषणा गरिएको अस्पतालले जनाएको छ।

    दासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङलाई यस अस्पतालमा मिति २०८०/०५/२६ गते राती १ः५० बजे उपचारको लागि ल्याईएको र चिकित्सकबाट जाँच गर्दा जीवन सम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो । त्यस बखत उहाँको आँखाको नानी फुलि सकेको र स्थिर रहेको साथै BP र Pulse Unrecordable भएकोले चिकित्सकद्धारा ३५ मिनेटसम्म C.P.R.गर्दापनि जीवन सम्बन्धी कुनै संकेतहरु नदेखिएकोले ३.०० बजे मृत घोषणा गरेको जानकारी गराइन्छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार