काठमाडौं , सरकारले घोषणा गरेको लक डाउन अवधिभर सेयर कारोबार बन्द हुने भएको छ । लक डाउनको समयमा लगानीकर्ताको स्वस्थ्यलाई समेत ध्यानमा राखेर कारोबार नखोल्ने निर्णय गरिएको नेप्सेले जनाएको छ । सरकारको लक डाउनको निर्णय अनुसार अब चैत २५ गतेसम्म सेयर बजार बन्द हुनेछ ।

त्यसैगरि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले पनि सरकारले गरेको लक डाउन अवधिभर धितोपत्र सम्बन्धी राफसाफ तथा फछ्र्योटको काम स्थगित गरिएको बताएको छ । यस आधारमा सरकारको लक डाउनको निर्णय अनुसार अब चैत २५ गतेसम्म राफसाफ र फछ्र्योटको काम स्थगित हुनेछ ।
