Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन


    मंगलबार, भाद्र २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुर । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको आज निधन भएको छ । उनको ४४ वर्षको उमेरमा आज बिहान ८ बजे निधन भएको हो ।

    उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् ।

    आज बिहान साढे ८ बजे उनको निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जानकारी दिए ।

    यादव समानुपातिक सांसद थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार