काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मीले आफ्नो कार्यकाल सकिनु केही दिन अघि नै राजीनामा दिएका छन् । रेग्मीको राजीनामा बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत पनि गरेको स्रोतले बताएको छ ।
उनलाई राजीनामा गर्न लगाइएको र बेलायतको राजदूत बनाउने चर्चा चलेको छ । यस्तै नयाँ मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई बनाउने लगभग पक्का जस्तो रहेको स्रोतले दावी गरेको छ । सचिवहरु मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी पनि मुख्यसचिवका दाबेदार हुन् ।
मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कार्यकाल सकिएर अवकाश लिएको भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी मुख्यसचिव दाबेदार हुने थिए ।
रेग्मीको राजीनामा आएसँगै आजै मन्त्रिपरिषद्को बैठक समेत बसेको छ । आजैको बैठकले नयाँ मुख्यसचिवबारे निर्णय गर्ने तयारी रहेको बुझिएको छ । मन्त्रिपरिषदको नियमित बैठक भए पनि आजको बैठकमा मुख्यसचिव नियुक्ति हुने एक मन्त्रीले बताएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend