काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रालय नफुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई आर्थिक भार पार्ने गरी मन्त्रालय नफुटाउन आग्रह गरेका हुन् ।
नेता पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले आफ्नो सुविधाका लागि मन्त्रालय फुटाउने गैरजिम्मेवार प्रवृतिलाई नयाँ संविधानले अन्त गरेको बताए ।
‘देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाड्ने गैर जिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको हो’, उनले भने ।
उनले देशको सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोलेर दरबन्दी बिना पनि मनलाग्दी आफ्ना मान्छे भर्ने काम सरकारबाट भएको आरोप लगाएका छन् ।
‘देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएका छन्’, उनले भने ।
त्यस्तै नेता पौडेलले देशको बजेटले कर्मचारीको पेन्सन धान्न नसक्ने अवस्था रहेको बताए । जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन सरकारले ध्यान नदिएको आरोप उनको छ । नेता पौडेलले सरकारले मन्त्रालय फुटाउने काम गरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
‘कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्था छ । जनतालाई सर्बसुलभ स्वास्थ्य सुबिधा दिन नसकीरहेको अवस्थामा फेरी मन्त्रालय बढाउने काम गरियो भने हामी त्यसको घोर बिरोधमा उत्रिन्छौं’, उनले भने ।
प्रधानमन्त्री अोलीले केही मन्त्रालय फुटाएर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend