Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन तस्कर दाओजिन वाङको डेरामा सीआईबीको छापा


    सोमबार, भाद्र २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहका एकजना चिनियाँको डेरामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ । तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङ बस्ने सीतापाइला स्थित डेरामा छापा मारिएको केन्द्रीय अनुसन्धान ब्यूरोले बताएको छ ।

    दाओजिन वाङ फरार छन् । उनको डेराबाट ‘डिजिटल सेफ’ बरामद गरिएको बताइएको छ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन र विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहबिच ‘कनेक्सन’ देखिएको छ । ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार