Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुम्बन विवादमा परेका स्पानिस फुटबल महासंघका अध्यक्ष रुबियल्सले दिए राजीनामा


    सोमबार, भाद्र २५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। महिला विश्वकपको फाइनल खेलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हरमोसोलाई चुम्बन गरेको विषयमा आलोचना खेपिरहेका स्पेनिस फुटबल फेडरेसनका अध्यक्ष लुइस रुबियालेसले पदबाट राजीनामा दिएका छन् ।

    ३३ वर्षीय हरमोसोले सो चुम्बन सहमतिमा नभएको बताउँदै मंगलबार रुबियालेसविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । रुबियालेसले आफ्नो राजीनामा कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई बुझाएको जानकारी दिएका छन् ।

    ‘म मेरो कामलाई जारी राख्न सक्दिनँ,’ पियर्स मोर्गनको टेलिभिजन कार्यक्रममा उनले भने । ४६ वर्षीय रुबियालेसले यूईएफएको कार्यकारी समितिको उपाध्यक्षको पदबाट पनि राजीनामा दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार