Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङबाट खैरो हेरोइनसहित दुई जना पक्राउ


    शनिबार, भाद्र २३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर। मोरङको रंगेली नगरपालिका-४ चोप्राहबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित प्रहरीले शुक्रबार साँझ दुई जनालाई पक्राउ गरेको छ।

    प्रदेश १-०२-०४१ प ४८२५ नम्बरको मोटरसाइकलमा सवार रहेका बेलबारी नगरपालिका-८ का २६ वर्षीय सन्दीप कार्की र पथरीशनिश्चरे नगरपालिका-८ का १९ वर्षीय पर्वत लिम्बू पक्राउ परेका छन्। कार्की मोटरसाइकल चालक हुन्।

    इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा मोटरसाइकलको पछाडि बसेका लिम्बूको साथबाट १ हजार ३ सय मिलिग्राम खैरो हेरोइन बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

    उनका अनुसार दुवै जनामाथि इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक (इन्सपेक्टर) बुद्धि चौलागाईं नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ।

    कार्की र लिम्बूविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। उनीहरुले भारतबाट खरिद गरी लागूऔषध लिएर आएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार