Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनसरीमा प्रहरीमाथि आक्रमण गरेर हतियार लुटेपछि…


    शनिबार, भाद्र २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सुनसरीमा अज्ञात समूहले ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेर हतियार लुटेको छ। यो घटना शुक्रबार मध्यराति भएको हो।

    प्रहरीका अनुसार सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरेर हतियार लुटिएको हो।

    सादा पोशाकमा खटिएका प्रहरीबाट आक्रमणकारीले ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ।

    सुनसरीको सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो। उनीहरू इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका थिए।

    सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेर हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। उनका अनुसार सुरूमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाएका थिए।

    उनका अनुसार ‘पछाडिबाट टाउकोमा चिर्पट प्रहार भएपछि केहीबेर दुई पक्षबीच घम्साघम्सीसमेत भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार