Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पोखराबाट दोस्रो अन्तर्राष्ट्रिय उडान


    शनिबार, भाद्र २३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सञ्चालनमा आएको आठ महिनापछि आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ । उक्त विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि दोस्रो अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको स्रोतले बतायो।

    आज भुटानको पारोबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोयल भुटानको एयरबस ए ३१९ जहाजले उडान गरेको हो । उक्त विमान आज बिहान ६ः३९ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो । विमान ८ः५ बजे फर्किएको छ ।

    यसअघि गत असार ६ मा चीनको सिचुवानबाट विमान पहिलोपटक चार्टर्ड उडान गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार